जीवनशैली

जाडो कटाउन धेरै नेपालीहरुले गर्ने गल्तिहरु जो गर्नै हुदैन

जाडो समय सुरु हुने बित्तिकै मानिसलाई विभिन्न समस्याहरुले सताउने गर्छ । त्यसैले यस समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी छ । हमरा सानासाना गल्तीले गर्दा पनि हामी बिरामी हुने गर्छौं । त्यसैले हामीले यस समयमा के गर्न हुन्छ र के गर्न हुदैन भन्ने कुरा जानी राख्नुपर्छ ।

जाडो समयमा हामीले गर्ने गल्तिहरु यस्ता छन् :

१) चियाकफी धेरै पिउने : जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी पिएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।

२) पानी कम पिउने : जाडोमा चिसोले गर्दा पसिना आउँदैन । र तिर्खा पनि खासै लाग्दैन । नेपालीको बानी नै छ तिर्खा नलागी पानी नपिउने । तर स्वस्थ रहनका लागि जाडोमा तिर्खा लागेन भन्दैमा पानी नखाने अथवा असाध्यै कम पिउने गर्नु हुँदैन । जाडोमा छाला फुस्रो हुने, कब्जियत बढ्ने, ओठ फुट्ने आदि समस्या देखिन्छ । समयसमयमा पानी खानाले यस्तो समस्या कम हुन्छ ।

३) घाम बढी ताप्ने : जाडोमा घाम स्वाभाविक रूपमा प्यारो हुन्छ । तर, धेरै बेर घाम ताप्नु हुँदैन । आधा अथवा पौने घन्टाभन्दा बढी घाम ताप्नु हुँदैन । लामो समय घाम तापेमा छाला डढ्ने, अनुहारमा चाया आउने लगायत समस्या देखापर्छ ।

४) सनब्लक लोसन नलगाउने : जाडोमा घाम चर्किएको महसुस नहुने भएकाले धेरैले जाडो याममा घाममा निस्किँदा सनब्लक लोसन लगाउँदैनन् । तर, छालालाई हानि गर्ने विकिरण जाडोमा पनि निस्किरहेको हुन्छ । त्यही भएर जाडोमा पनि सनब्लक लोसन लगाउन बिर्सिनु हुँदैन । घाम ताप्दा पनि अनुहार र हातमा सनब्लक दल्नुपर्छ ।

५) बढी सुत्ने : जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यही भएर जाडोमा ढिलो उठिन्छ । छुट्टिको दिन सिरक ओडेर सुतेर बिताइन्छ । तर, यस्तो गर्नु हुँदैन । वर्षै भरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ । सुत्ने र उठ्ने समय भंग भएमा दीर्घकालमा अनिद्रालगायत समस्या उत्पन्न हुने जोखिम हुन्छ ।

६) न्यानो कपडा नलगाउने : जाडो याममा फेसनेबल र शरीर नछोपिने खालका कपडाभन्दा गम्म परेका लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा हेलचेक्राइ गरे रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने र नशामा रगत जम्नेजस्ता समस्या उत्पन्न हुन सक्छ ।

७) धेरै बेरसम्म तातो पानीले नुहाउने : जाडोमा बाध्यता नै हुन्छ तातो पानीले नुहाउने । तर, तातो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ । बढी तातो पानीले धेरै बेरसम्म नुहाउँदा छालामा रहेको प्राकृतिक म्वाइस्चराइजर कम हुन गई छाला फुस्रो बन्छ ।

Facebook Comments

Related Articles

Check Also

Close
Back to top button
Close