स्वास्थ्य टिप्स

यि खानेकुरा खानाले सधैँ जवान देखिनु हुन्छ जानकारि लिनुहोस के र कसरि खाने …

हामी आफ्नो अनुहारको छालालाई कसरी चम्किलो बनाउँने भनेर चिन्तामा रहन्छौं । अनुहार चम्किलो र सफा बनाउँने बहानामा हजारौं रुपैयाँ खर्च गर्छौ । हामीले केहि खानेकुरामा ख्याल गर्ने हो भने अनुहार सुन्दर बनाउँन किरिम पाउँडर लगाउँनै पर्दैन ।

ओखर र सोयाबिनः
ओखर तथा सोयाबिनमा पाईने ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन । यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न सक्दैन त्यसैले खाना खानु पर्दछ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ । ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ ।

सी फूड, गेडागुडीः
जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ ।

गाँजर, बदाम
यस्ता खाले खानामा बेटा क्यारोटिन नामक तत्व पाईन्छ । जसले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।

अमला, कागती

छालाको लचकता बढाउँन तथा सुख्खा पनबाट जोगाउँन छालालाई भिटामिन सीयुक्त खानाको जरुरत पर्दछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनाले छाला चम्किलो र नरम बन्दै जान्छ ।

Facebook Comments

Related Articles

Check Also

Close
Back to top button
Close