आदर्श भनाईहरु

केही मुल्यवान मननीय भनाईहरु

१, समय मुल्यवान ह’न्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ ।
–डिज्रायली

२, एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।
– अज्ञात

३, पापी मानिस सत्यबाट डराउँछ ।
–सुकरात

४, सत्य तितो हुन्छ ।
–चाणक्य

५, सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।
–लक्ष्मीप्रसाद देवकोटा

६, सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन ।
–बेकन

७, कुन सत्य हो, सत्य कसरी चिन्नु ? जुन प्राणीको हितमा छ उही सत्य भनेर जान्नु ।
–भानुभक्त आचार्य

८, जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैनत्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ ।
–मिल्टन

९, सत्य बस्तुत अन्त्यसम्म नै सत्य नै रहन्छ ।
–सेक्सपियर

१०, साधारणत मानिसहरु परम आवश्यक सत्यलार्य एकाएक विश्वास गदैनन ।
–इल्किन

११, साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ ।
–कार्लाइल

१२, सत्य बोल यदी त्यो तिम्रो विपरीत छ भनेपनि ।
–कुरान

१३, संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केही हुदैन ।
–चसर

१४, सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन ।
–बाल्मिकी

१५, जोसंग सत्य छ , त्यो एकलै भएपनि बहुमतमा हुन्छ ।
–डगलस

१६, सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।
–जर्मनेली उखान

Facebook Comments

Related Articles

Close