आदर्श भनाईहरु

खुसी सम्वन्धी केही महान भनाईहरु

१, मानलाई त्यागेर मानिस प्रिय हुन्छ, क्रोधलाई त्यागेर पवित्र र लोभलाई त्यागेर खुसी ।
– विदुर

२, सन्तोष गर्नु परम सुख हो किनभने आफ्नो आम्दानी भन्दा ज्यादा सुख पाउने आशा केवल मृगतृष्णा हो ।
– बोलिङ्ग व्रोक

३, जीवन तथा प्रकृतीलाई सुखी राख्नु नै मानिसको परम कर्तव्य हो जो यसो गर्न सक्दैन, त्यसले जन्म लिनु व्यर्थ हो ।
– बेन्थिन

४, सधै सुखमा नै जीवन विताउने मानिसले जीवनमा कुनै उन्नती गर्न सक्दैन ।
– ह्युम

५, संसारमा ती मानिसहरु सफल छन् जो अरुलाई सहयोग गर्न तत्पर रहन्छन् ।
– जर्ज इलियट

६, शुशिल र सुन्दर पत्नी पाउनुभन्दा ठूलो सुख संसारमा अरु छैन ।
– साइमोनोडिज

७, एउटा महान उदेश्यका लागि गरिने प्रयत्नमा स्वतह आनन्द आउँछ ।
– जवाहरलाल नेहरु

८, निन्द्रा, सम्पत्ती र स्वास्थ्यको सच्चा सुख पाउनका लागि तिनको विचविचमा अवरोध हुनु आवश्यक छ ।
– जिनपाल फ्रेडलिक रिख्तर

९, सधै नै कल्पनालाई उड्न देउ, किनभने सुख कहिल्लैपनि घरमा बस्दैन ।
– किट्स

१०, सुख पाप हुन्छ । कहिलेकाहीँ पाप पनि सुख हुन्छ ।
– वायरन

११, अफ्नो सुखका दिनलाई सम्झनुभन्दा ठूलो दुख अरु हुदैन ।
– दाँते

Facebook Comments

Related Articles

Back to top button
Close