आदर्श भनाईहरु

मननयोग्य हरीदाई का सात सुत्र

१, सम्बन्ध आत्मियता र सुमधुरताको लागि हो र हुनुपर्छ, समस्यामा साथ नमिल्नेहरुसंग सम्बन्ध निरन्तर गर्नु पनि जरुरी छैन । जो दुखमा असहयोगी बनेर निस्किए त्यस्तासंगको सम्वन्धमा जतिसक्यो छिटो पुर्णविराम लगाएको बेश ।।।

२, जति कटरले काट्छ नि त्यति त्यति पेन्सिलको काम र महत्व बढ्छ । त्यसकारण आलोचना सहज रुपमा ग्रहण गर्नु मेरो विशेषता हो ।

३, दुस्मनलाई रुवाउन चाहनुहुन्छ ? केही गर्न पर्दैन, सर्वदा मुस्कुराउनुस उनिहरु जलेर खरानी बन्नेछन् ।

४, मानसिक रोगिको संगत भयो भने आफु स्वस्थ र तन्दरुस्त रहँदा रहँदै पनि अल्छी जस्तो भईने रहेछ । त्यसकारण चिनेर, जानेर र बुझेर संगत गर्नुपर्ने रहेछ ।

५, उसले मेरो अनपस्थितीमा तपाईसंग मेरै कुरा काटिरहेको छ रु ढुक्क हुनुस् तपाईको अनुपस्थितीमा उसले तपाईको कुरा काटिरहेको हुनेछ ।

६, अरुको सुझावलाई आलोचनाको रुपमा ग्रहण गरी दुस्मनी बढाउनु भन्दा कमजोरी औल्याउने सुभ अवसरको रुपमा ग्रहण गर्ने संस्कार बस्दो हो त संसार कति खुसी अनि सुखी बन्थ्यो होला

७, तपाइलाई शुरुमा हात हालौँ कि नहालौँ, भनेर धुकचुक धुकचुक लाग्छ भने ढुक्क भएर त्यो क्षत्रमा हाम फाल्नुस । प्राय संभावनाहरु शुरुमा चुनौतीपुर्ण नै देखिन्छन् ।।

Facebook Comments

Related Articles

Back to top button
Close