आदर्श भनाईहरु

इतिहास सम्वन्धी अमर सुक्तीहरु


१, इतिहासको अर्थ हो– मनुष्य जातिको अघिल्तिर उपस्थित प्रश्नहरुको उल्लेख ।
काका कालेलकर

२, इतिहास उदाहरणबाट निर्मित दर्शन हो ।
– प्लुटार्क

३, इतिहास एक उपन्यास हो जो भएको थियो र उपन्यास इतिहास हो जो पछि घटित हुन सक्छ ।
– एडमण्ड एण्ड जुल्स दि गोनकार्ट

४, इतिहास निरन्तरता र प्रगति हो ।
– डा. राधाकृष्णन

५, इतिहासको प्रयोजन वर्तमान समय र यस अनुसार कर्तव्यलाई महत्व दिनु हो ।
– इमर्सन

६, इतिहास असँख्य जीवन चरित्रको सार हो ।
– कार्लाइल

७, इतिहास टाउकै टाउकाको माला हो ।
– भैरवप्रसाद अर्याल

८, इतिहास भनेको विकासको नाटक र विकासको प्रक्रिया दुवै हो ।
– राइकर

९, इतिहास अतीतको राजनीति हो अथवा राजनीति नै वर्तमान इतिहास हो ।
– फ्री म्यान

१०, इतिहासले राजनीतिको दोस्रो बाटो बताइरहन्छ ।
– बिलोवी

११, आजसम्मको मानव इतिहास वर्गसङ्घर्षको इतिहास हो ।
– कार्लाइल

१२, वास्तवमा इतिहास के हो ? परिवर्तनको एउटा लेख मात्र ।
– जवाहरलाल नेहरु

Facebook Comments

Related Articles

Back to top button
Close