आदर्श भनाईहरु

आलस्य

आलस्यले सर्वनाश निम्त्याउँछ ।
बर्टन

आलस्यको एउटै औषधी छ त्यो हो कर्म गर ।
रदरफोर्ड

आलस्यमा दरिद«ताको बास हुन्छ भने परिश्रम लक्ष्मीको ।
नीति

दुर्बल हृदय हुनेहरुका निमित्त आलस्य एउटा आश्रय हो ।
चेस्टरफिल्ड

आलस्य ईश्वरले दिएका हातगोडा अपमान हो ।
अज्ञात

परिश्रम ऋण चुकाउँछ, आलस्य त्यसलाई बढाउँछ ।
स्वामी विवेकानन्द

आलस्यमा जिबन बिताउनु आत्महत्यासरह चिन्दैन ।
सुकरात

अल्छी मानिसले आफ्नो आवश्यकतालाई चिन्दैन ।
इनियस

आलस्यले गरिबीलाई निम्तो दिन्छ, अल्छी मानिस कहिल्यै भगवान् हुन सक्तैन ।
एडिसन

आलस्य सबै पापको मूल हो ।
पार्कर
अल्छी मानिस आफ्नो पुरुषार्थ गुमाउँछ जसका कारण ऊ कुनै सफलता पाउँदैन, चारैतिर मात्र निराशा पाउँछ ।
ऋग्वेद

प्रत्येक मानिस स्वभावैले अल्छी हुन्छन् र अल्छी बन्ने कोसिस गर्छन् ।
जोन्सन

ए अल्छी मानिस ! कमिला भएको ठाउँमा जा । उनीहरुको परिश्रम देखेर तँ पनि परिश्रमी बन् ।
फुलर

कुनै पनि अल्छी मानिस कहिल्यै महान् मानिस बन्न सक्दैन । जो मानिस जीवनको कुनै पनि क्षण व्यर्थमा बिताउँदैन त्यही संसारमा हलचल मच्चाउँछ र मानव समाजको उन्नति गर्छ ।
स्यामुयल स्माइल्स

आलस्य मानिसको शरीरमा रहने घोर शत्रु हो ।
भर्तृहरि

परिश्रमले सबै काम सम्पन्न हन्छन्, आलस्यले मानिसलाई शिथिल बनाउँछ ।
साइरस

आलस्य समयको चोरी हो ।
सुकरात

आलस्य दरिद्रताको मुहान हो ।
यजुर्वद

अल्छीको कुनै पनि इच्छा पूरा हुदैँन ।
सर्भेन्टिज

यदि सम्भव भएको भए हामी सबै अल्छी हुने थियौँ ।
डा.जोन्सन

यदि तिमी एक्लै छौ भने अल्छी नबन, यदि अल्छी छौ भने एक्लै नबस ।
डा. जोन्सन

जसले केही गर्दैन, त्यो व्यक्तिमात्र केवल अल्छी होइन, अल्छी त्यो व्यक्ति हो जसले आफ्नो कामभन्दा पनि राम्रो काम गर्न सक्छ तर गर्दैन ।
सुकरात

Facebook Comments

Related Articles

Check Also

Close
Back to top button
Close