आदर्श भनाईहरु

आयू

यहाँ केही थोरै मानिसहरु छन् जो बूढ्यौलीमा गर्वसाथ ज्यूँछन् ।
– रिचार्ड स्टील

हरेक मानिस दीर्घायु चाहन्छन् तर कोही बूढ्यौली चाहँदैनन् ।
– जोनाथन स्विफ्ट

बूढ्यौलीको दुःख यो हैन कि ऊ बूढो छ तर यो हो कि अर्को तरुनो छ ।
– अस्कर वाइल्ड

हाम्रो आयु चार दिनको होस् तर जीवनमय होस् ।
– हृदयचन्द्रसिंह प्रधान

बूढ्यौली जीवनको विरुद्ध छ ।
– एमिलिया बार

उमेर वस्तुप्रति मस्तिष्कको दृष्टिकोण हो । यदि तिमी यसलाई वास्ता गर्दैनौ भने पनि केही फरक पर्दैन ।
– ज्याक बेनी

यौवन भूल हो, मानिस संघर्ष हो र बूढ्यौली पश्चात्ताप ।
– बेन्जामिन डिज्रायली

साधुले आफ्नो उमेर बढाएर भन्छ, वेश्याले घटाएर भन्छे ।
– हिन्दी उखान

कसैकी आमाले उसका विषयमा चिन्ता गर्न नछाडुन्जेल कुनै मानिस पनि पक्का बूढो हुँदैन ।
– रियान

ज्यादै थोरैले मात्र कसरी बूढो हुने भनेर जान्दछन् ।
– ला रोसिफकल्ड

कसरी बूढो भएर बढ्नु भन्ने जान्नु बाँच्ने कलाको सबैभन्दा अप्ठेरो अध्याय हो ।
– एमियल

अर्को मान्छेको बाटोमा हिँडेर हामी बूढो उमेरमा पुग्न सक्दैनौं ।
– मार्क ट्वेन

जीवनको साँझले आफैसँग बत्ती ल्याउँछ ।
– जुवेयर

कोही मान्छे बूढो जन्मन्छ, कोही मानिस कहिल्यै बूढो हुँदैन ।
– एडवार्डस

ईष्र्या र क्रोधले आयु छोट्याउँछ ।
– एपोक्रिया

बिस वर्षको उमेरमा संकल्पले शासन गर्छ । तिस वर्षको उमेरमा बुद्धि र चालिस वर्षमा निर्णायात्मकताले । यसपछि चरित्रले शासन गर्छ ।
– हेनरी ग्रेटन

यदि हामी दोस्रोपल्ट युवा वा बृद्ध बन्न पाउने भए हामी सबै आफ्नो गल्तीलाई सुधार्ने थियौं ।
– यूरिपाइडिस

उमेर प्रौढताका लागि तिरिने महँगो मूल्य हो ।
– टम स्टोपार्ड

यदि सय वर्ष बाँच्ने थाहा पाएको भए म धेरै होसियार बन्थें ।
– ब्लेक

कूटनीतिज्ञ मानिस त्यो हो, जसले आइमाईको जन्मदिन थाहा पाउँछ तर उनको उमेर कहिल्यै सम्झन्न ।
– रबर्ट फ्रस्ट

बूढ्यौली त्यस्तो खराब हुँदैन यदि तिमीले विकल्प खोज्यौ भने ।
– मोरिस केभलियर

Facebook Comments

Related Articles

Back to top button
Close