रोचक समाचार

अर्घाखाँची सम्पर्क समिति युएइको शुभकामना तथा भेटघाट कार्यक्रम समपन्न

नयाँ एफ.एम., कार्तिक १७, अर्घाखाँची

अर्घाखाँची सम्पर्क समिति युएइको आजोजनामा सन्धिखर्कमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

विजयादशी, शुभ दिपावली, छठ, तथा नेपाल सम्वतको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले नेपालमा रोजगारीको व्यवस्था गर्न नसक्दा लाखौं युवाहरु विदेशमा पसिना बेच्न बाध्य भएको भन्दै सहभागीहरुले दक्ष, योग्य र सक्षम युवाहरुको श्रम र सिप नेपालमै उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाली काँग्रेसका जिल्ला सचिव बिष्णु प्रसाद भुसाल, नेकपाका नेता राम चन्द्र पोखरेल, राष्टिय जनमोर्चाका नेता कमल प्रसाद घिमिरे, विवेकशील साझा पार्टीका नेता हरिप्रसाद भुसाल, नेपाल चेम्वर अफह कमर्शका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ, सम्पर्क समितिका संरक्षक राजु खड्का, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली लगायतले मन्तव्य राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा अर्घाखाँची जिल्लामा घर भई रोजगारीको क्रममा युएइमा रहेका जिल्लावासीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका सचिव रामु गैरेको संचालन, बुद्धिराम आचार्यको स्वागत मन्तव्य र अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Facebook Comments

Related Articles

Check Also

Close
Close