रोचक समाचार

श्रीमती र छोरी खोजीदिन श्रीमानको आग्रह

कार्तिक २६, सन्धिखर्क । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका ढिकुराकी एक महिला सन्धिखर्कबाट हराएकी छिन् । भुमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुराकी दुर्गा घिमिरे कार्तिक २४ गतेदेखि सम्पर्क विहिन भएकी हुन् ।

उनी भाईटिकाका लागि कार्तिक २१ गते माईतीघर मालारानी गाउँपालिका वडा नं. ४ खन बडाचौर गएकी थिईन् । दुर्गा भाईटिकाको अर्को दिन विहान ८ बजे म घर आउन हिडे भनेर जानाकारी गराएकी तर दिउँसो १ बजेपछि सम्पर्कमा नआएको उनका श्रीमान् प्रकाश घिमिरेले बताउनुभयो । परिवारमा झै झगडा, कलह केही पनि नभएको उहाले बताउनुभयो ।

उनको साथमा ३ वर्षकी छोरी समेत रहेकी छिन् । माईती घर, आफन्त, साथीभाई कहिकतै पनि सम्पर्कमा नआउँदा उनको परिवार चिन्तित भएको छ । सम्पर्कमा नआएपछि उनलाई खोजीदिन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा समेत निवेदन दिएको श्रीमान प्रकाश घिमिरेले जानाकारी दिनुभयो ।

उनलाई कहि कतै देखेमा नजिकैको प्रहरी कार्यालय, अथवा श्रीमान प्रकाश घिमिरेको सम्पर्क मोवाईल नम्बर ९८४४७४०१९६ मा सम्पर्क गरिदिन सम्पुर्णमा महानुभावमा परिवारले अपिल समेत गरेको छ ।

Source : Deurali fm

Facebook Comments

Related Articles

Back to top button
Close