आदर्श भनाईहरु

गल्ती सम्वन्धी केही महान भनाईहरु

गल्ती गर्नु बढार्नु बराबर हो । यसले फोहोरलाई हटाउँछ र सफा पारिदिन्छ ।
महात्मा गान्धी

एउटै ढुङ्गामा दुईपटक ठक्कर खानु लाजको विषय हो ।
प्लुटार्क

गल्ती गर्नु मानिसको काम हो तर गल्ती नै अँगालिरहनु राक्षसको काम हो ।
सेन्ट अगस्टिन

गन्ती हरेक अवस्थामा गल्ती नै हुन्छ ।
लेनिन

सर्वोत्तम मानिसहरू त्रुटिहरूबाट नै बन्छन् ।
शेक्सपियर

जुन मानिसले गल्ती गर्दैन प्रायः उसले केही काम गर्न सक्दैन ।
एडवर्ड जोन फेल्प्स

निरन्तर गल्तीको अर्को नाम अनुभव हो ।
ओस्कर वाइल्ड

कसैले मलाई एकपल्ट मूर्ख बनाउँछ त्यसलाई धिक्कार छ र यदि कसैले मलाई दोस्रोपल्ट मूर्ख बनाउँछ भने मलाई नै धिकार छ ।
चिनियाँ उखान

गल्ती लुकाउनु आफैलाई धोका दिनु हो ।
भागवत् गिता

गल्ती भयो भन्दैमा पश्चात्तापमा नडुब्नु होस्, सुधार्ने र सर्तक हुनेतर्फ लाग्नुहोस्, गल्ती गरेर नसुधार्नेले सुख पाउन्न । एउटै गल्तीमा बारम्बार पस्नु मूर्खको लक्षण हो ।
स्वेट मार्टेन

धेरै भन्दा धेरै गल्तीहरू नगरीकन कुनै पनि व्यक्ति ठूलो र महान बन्न सक्तैन ।
ग्ल्याडस्टोन

गल्ती त हरेकले गर्दछन् तर मूर्खहरूमात्र त्यसमा अडि रहन्छन् ।
सिसेरो

हामी प्रायः अरुको गुणबाट भन्दा उसका गल्तीबाट सिक्दछौ ।
लङगफेरो

गणित

गणित यस्तो विषय हो जसले एकता स्थापित गर्छ । मनुष्य र प्रकृति, आन्तरिक र वाह्य जगत, विचार र प्रत्यक्ष ज्ञानमा मध्यस्थता गर्छ । यस्तो अरु कुनै विषयले गर्दैन ।
फ्रेबेल

जुन कुरा विचारणीय छ, त्यसैमाथि विचार गरौँ । यहि गणितज्ञको लक्ष्य हो ।
सि. टी केसर

गणित निश्चयात्मकता र स्पष्टताको पुजारी हो । गणित बिना दर्शनशास्त्रको गहिराई नाप्न सकिन्न । दर्शनशास्त्र बिना गणितको गहिराई नाप्न सकिन्न । दुवै बिना कुनै वस्तुको पनि गहिराई नाप्न सकिन्न ।
डेमोलिन्स बोर्डास

आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Back to top button
Close