आदर्श भनाईहरु

केही ज्ञानवर्दक महान भनाइहरु

जन्म

जन्म र मृत्यु स्वाभाविक हुन् । एउटा शिशुका लागि एउटामा जस्तो पीडा हुन्छ अर्कोमा पनि त्यस्तै हुन्छ ।
फ्रान्सिस बेकन

जसरी साथीसँग वियोग हुन्छ त्यसैगरी आमा चिच्याउँदै थिइन्, पिता रुँदै थिए, नाङ्गै असहाय रुँदै म यो डरलाग्दो दुनियाँमा आएँ ।
विलियम ब्लेक

जब हामी जन्मन्छौँ मूर्खहरूको दुनियाँमा आउनुपरेको हामी बेस्सरी रुन्छौँ ।
शेक्सपियर

जन्म, मैथुन र मृत्यु सोझै कुरा गर्ने होे भने जीवन त्यति नै हो ।
टी.एस्.इलियट

जो जन्मिन्छ त्यसको मृत्यु निश्चित छ र जो मर्छ त्यसको जन्म पनि निश्चित छ ।
गीता

मध्यान्तरको भाग गर्नुबाहेक जन्म र मृत्युको कुनै उपचार छैन ।
जर्ज सन्तायना

जनता

जनताको आवाज ईश्वरको आवाज हो ।
आक्ल्युन

वर्गका विरुद्ध संसारभरका जनतालाई म उठाउन चाहन्छु ।
विलियम ग्ल्याडस्टोन

जनता बहुविचारको प्राणी हो ।
होरेस

म जनता हँु, एउटा भीड, एक जत्था, एउटा समूह तिमीलाई थाहा छ ? यस संसारका सबै ठूला कामहरू मबाटै भएका छन् ।
कार्ल स्यान्डवर्ग

जनता जो सच्चा राष्ट्रको, जो राष्ट्रको जीवनको नाडी र भावको झङ्कार हो ।
लक्ष्मीप्रसाद देवकोटा

जनताको एक मात्र कार्य शासकहरूको आदेशको पालना गर्नु हो ।
थोमस हब्स

जनताको सेवकहरूले जनतासँग प्रेम गर्न त परै जावस् जनतालाई चिन्दा पनि चिन्दैनन्, उनीहरूलाई घृणा, उपेक्षा र भयका दृष्टिले हेर्दछन् ।
लियो टाल्स्टाय

जनताको आवाज नसुनेर हामी पहिलो गल्ती गर्दछौँ ।
जिमी कार्टर

प्रजातन्त्राको उच्चस्थानलाई जनताको जीवनस्तरले नापिन्छ ।
एस्.ड्युना

माथीका माध्ये आफुलाई मन परेको एक लाइन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Back to top button
Close