आदर्श भनाईहरु

घर सम्वन्धी केही महान तथा महत्वपूर्ण भनाईहरु

गालीलाई सहनशीलताले जित्नुपर्छ ।
महात्मा गान्धी

जसले गाली गर्छ त्यो उसैलाई पर्छ । यसैले मौन रहू ।
सुकरात

गालीको उत्तर मौनता हो । गालीको उत्तर गालीले त मूर्खले पनि दिन्छन् ।
प्रेमचन्द

बोल्दा कहिल्यै मर्यादा नतोड । गाली गर्नु त कायरको काम हो ।
सरदार पटेल

तिमी हिउँजस्तो पवित्र र कञ्चन बन, तिमीले निन्दादेखि डराउनु पर्दैन ।
सेक्सपियर

उही निन्दाबाट बच्छ जो निन्दादेखि डराउँदैन ।
स्टोनिस लाउस

परनिन्दा नगर, परनिन्दा नसुन । जहाँ परनिन्दा हुन्छ त्यहाँ नबस । अर्काको दोष कहिले नदेख ।
गोस्वामी

ठूलो ढुङ्गालाई हावाले हल्लाउन नसकेझैँ सांसारिक निन्दाप्रंशसाले ज्ञानी पुरुषलाई हल्लाउन सक्तैन ।
धम्मपद

अरुको गाली सुनेर पनि उनीहरूलाई गाली नगर । गाली सुनेर पनि रोकिएको क्रोधले गाली गर्नेलाई जलाउँछ र उसको पुण्य पनि लिन्छ ।
वेदव्यास

तपाई गाली गर्दै जानुहोस् किनकि तपाई गाली गर्न खप्पिस हुनुहुन्छ । मलाई त गाली नै आउँदैन कसरी दिनु ? सबैलाई थाहा छ कि जससँग जे छ त्यसले त्यही दिन्छ । के कसैले खरायाको सिङ दिन सक्छ ?
अज्ञात

गाली गर्नु र स्तुति गर्नु त संसारको खेल हो ।
महात्मा गान्धी

गाली प्रायः लाभदायक हुन्छ ।
स्यामुयल जोन्सन

गीत

आकर्षक गीतमा कल्पनालाई जगाउने ठूलो शक्ति हुन्छ ।
प्रेमचन्द

आऊ सुत्नु पहिले गाऊँ ।
हरिवंशराय बच्चन

मेरा गित कुनै गालामा अड्किएका दुई थोपा आँसु हुन् ।
गिरिजाकुमार माथुर

मेरा गीतका स्वरले तिम्रा पाउ पखाल्नेछन् तर म जान्दिन कि तिम्रो पाउसम्म कसरी आइपुगूँ ।
रवीन्द्रनाथ टैगोर

यो साँचो हो कि स्वरले गीत मीठो हुन्छ तर ह्दयको गीत नै ईश्वरको सच्चा आवाज हो ।
खलिल जिब्रान

मीठा गीत तिनै हुन् जसले करुणाका भावलाई व्यक्त गर्दछन् ।
शेली

आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा राख्नुहोला है ।

Facebook Comments

Related Articles

Back to top button
Close