आदर्श भनाईहरु

महान व्यक्तित्वका केही चर्चित अभिव्यक्तिहरु

यदि कुनै युवतीले आफ्नो लाज त्यागी भने उसले आफ्नो सौन्दर्यको सबैभन्दा ठूलो आकर्षण गुमाई ।
सेन्ट ग्रोगरी

लज्जाको आकर्षण सौन्दर्यको आकर्षणभन्दा ठूलो हुन्छ ।
सेक्सपियर

धनको प्रयोगमा, विद्याग्रहणमा, आहार र व्यवहारमा जो लाज छाड्छ त्यही सुखी रहन्छ ।
चाणक्य

सौन्दर्य र सद्गुणको प्रसाद लाज हो ।
डिमड्स

लज्जा दुर्बल स्वभावको परिचय हो ।
रवीन्द्रनाथ टैगोर

लज्जा नारीको चरित्रको ऐना हो ।
जयशङ्कर प्रसाद

लज्जाविहिन हुनु ठूलो लाजको विषय हो ।
ल्याटिन उखान

मलिन मनको आँखाका अगाडि लज्जा ढाल हो ।
खलिल जिब्रान

लज्जा स्त्रीको बहुमूल्य आभूषण हो ।
कोल्टन

मानिस कपडाविना पनि शोभित हुन सक्छ तर लज्जा र धैर्यविना शोभित हुन सक्दैन ।
श्रीहर्ष

लाज अत्यन्त निर्लज्ज हुन्छ । यसको सास रोकियो भन्ठान्यो झन् छिटोसँग चल्न थाल्छ ।
प्रेमचन्द

लक्ष्मी

लक्ष्मी पूजा गर्नाले मात्र पाइँदैन, जो सिंहको जस्तो उद्यम गर्छ उसैसँग लक्ष्मी प्रसन्न हुन्छिन् ।
अज्ञात

जीवनमा बुद्धिको हैन, लक्ष्मीको साम्राज्य हुन्छ ।
सिसेरो

लक्ष्मीले जसलाई माया गर्छिन् उसलाई मूर्ख बनाइदिन्छन् ।
बेकन

लक्ष्मी र सरस्वती सौता हुन् ।
संस्कृत उक्ति

जो फोहोरी छ, दाँत माझ्दैन, धेरै भोजन गर्छ, नमीठो बोल्छ, सूर्य उदय र अस्त हुने बेलासम्म सुत्छ लक्ष्मी उसलाई छाड्छिन् ।
चाणक्य

विवेक र लक्ष्मी एकसाथ वरदान कमै मानिसलाई मिल्छ ।
लिवि

जसरी युवती वृद्ध पुरुषलाई आलिङ्गनमा लिन चाहन्न त्यसरी नै लक्ष्मी पनि अल्छी, भाग्यमानी र साहसविहीन व्यक्तिलाई मन पराउँदिनन् ।
अज्ञात

आफुलाई मन परेको एक लाइन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Check Also

Close
Back to top button
Close