आदर्श भनाईहरु
केही अभुतपूर्व शक्तिशाली भनाईहरु
हाम्रो चरित्र जतिसुकै बलियो किन नहोस् सङ्गतको प्रभाव परेरै छाड्छ ।
प्रेमचन्द
यदि तिमी जान्न चाहन्छौ कि नरक के हो त तिमी बुझ मूर्खसँगको सङ्गत नै नरक हो ।
उमर खैयाम
जुन मानिस उच्च विचारहरूको सङ्गत रहन्छ त्यो मानिस कहिल्यै एकाकी (एक्लो) हुँदैन ।
फिलिप सिड्नी
सन्तोष
आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा मानिसले सन्तोष मान्नुपर्छ । विद्या, ध्यान र दान यी तीन कुरामा कहिल्यै सन्तोष मान्नु हुँदैन।
चाणक्य
सन्तुष्ट मन हुनेहरूका लागि चारैतिर सुख हुन्छ जसरी जुत्ता लगाउने मानिसलाई ढङ्गा र काँडाबाट सुरक्षा मिल्छ ।
गीता
जो मानिस गरिब भएर पनि सन्तुष्ट हुन्छ त्यो धनी, सबैभन्दा धनी हुन्छ ।
सेक्सपियर
जहाँ स्वतन्त्रता र सम्पन्नताको साम्राज्य हुन्छ त्यहाँ सन्तोष असफल हुन्छ ।
ओलिभर गोल्डस्मिथ
जसको मनमा सन्तोष हुँदैन, त्यो कङ्गाल हो ।
अङ्ग्रेजी उखान
सन्तोषले सुखको निद्रा दिन्छ ।
कार्लाइल
धेरै सम्पत्ति भएर पनि जो सन्तुष्ट रहन्छ त्यो सधैँ गरिब हुन्छ । धन नभए पनि जो सन्तुष्ट रहन्छ त्यो गरिब भए पनि धनी हो ।
अश्वघोष
सन्तोषहीन मानिस संसारमा धेरै दिनसम्म जीवित रहन सक्तैन ।
सेक्सपियर
जसको मनमा सन्तोषको राज छ त्यो जहाँ गए पनि सम्पन्नता देख्छ ।
संस्कृत उक्ति
जो मानिस पूर्णरुपले सन्तुष्ट छ, ऊ शान्त भएर बसिरहन्छ । केही गर्दैन । तर जो असन्तुष्ट छ उसैले यस संसारको उपकार गर्छ ।
लेन्डर
आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।