आदर्श भनाईहरु

केही महान भनाईहरु

चोरी

परालै भएपनि अर्काको वस्तु चोर्नु हुँदैन ।
चाणक्य

जो मेहनत नगरी खान्छ त्यो चोर हो ।
महात्मा गान्धी

जति खाएर पेट भरिन्छ त्यतिमा मात्र उसको अधिकार हुन्छ । जो यसभन्दा धेरैमा आशक्ति राख्छ त्यो चोर हो ।
गीता

अनुकरण नै चोरी हो, स्वीकरण चोरी होइन ।
रवीन्द्रनाथ

चोर बेबल दण्डबाट मात्र बच्न चाहँदैन, ऊ अपमानबाट पनि बच्न चाहन्छ ।
प्रेमचन्द

छात्र

जसरी खनेर मानिसले जमिनभित्रको पानी निकाल्न सक्छ त्यसैगरी आज्ञाकारी छात्रले गुरुमा भएका वा लुकेका समस्त ज्ञानलाई प्राप्त गर्दछ ।
मनुस्मृति

त्यो छात्र जो सुखको चाहना गर्दछ, आनन्द खोज्छ छात्र भनेर मान्न सकिँदैन ।
कन्फ्युसियस

सच्चा शिष्य त्यो हो जो आफ्नो सर्वस्व गुरुमा अर्पित गर्छ र सच्चा गुरु त्यो हो जो चेलासँग एक कौडी पनि लिँदैन ।
कबिर

विश्वविद्यालयहरूमा विद्यार्थीहरूको परिक्षा उनीहरूको ज्ञानद्वारा होइन आचरणबाट लिनुपर्छ ।
महात्मा गान्धी

छिमेकी

छिमेकी भनेको जिउँदाको जन्ती र मर्दाको मलामी हुन् ।
नेपाली उखान

राम्रो छिमेकी पुरस्कार हो, खराब छिमेकी अभिशाप हो ।
हेसियड

टाढाको दाजुभाइभन्दा नजिकको छिमेकी नै काम लाग्छ ।
नेपाली उखान

आफ्नो छिमेकी निन्दा गर्ने बानी सनातन कालबाटै मानिसको मनोरञ्जनको विषय बन्दै आएको छ ।
प्रेमचन्द

छिमेकीको घरमा आगो लाग्दा पानी देऊ नत्र तिम्रै घर सल्कन सक्छ ।
अज्ञात

तिम्रो आफ्नै ढोकाका सिँढीहरू फोहोर छन् भने छिमेकीको छतमाथि रहेको गन्ध र मैलाको निन्दा नगर ।
कन्फ्युसियस

आफ्ना छिमेकीविरुद्ध झूटो गवाही नदिनुहोस् ।
एन्जिल

आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Check Also

Close
Close