आदर्श भनाईहरु

लक्ष्य सम्वन्धी महामानवका केही भनाईहरु

लक्ष्यलाई नै आफ्नो जीवनको कार्य सम्झ । हरक्षण त्यसैको चिन्तन गर, त्यसैको सपना देख र त्यसैको सहारामा जिऊ ।
स्वामी विवेकान्द

जस्तो तिम्रो लक्ष्य हुन्छ त्यस्तै तिम्रो जीवन पनि ।
अज्ञात

लक्ष्यविहीन जीवन भौँतारिन्छ मात्र ।
अज्ञात

उठ, जाग र त्यतिबेला सम्म नरोकिऊ, जब सम्म लक्ष्य मिल्दैन ।
–स्वामी विवेकान्द

जीवनमा एउटा लक्ष्य बनाऊ, त्यसपछि शारीरिक र मानसिक शक्ति त्यसमा लगाऊ ।
कार्लाइल

जसको उद्देश्य उच्च छ, उसले विश्राम र लोकप्रियताबाट बच्नुपर्छ ।
इमर्सन

आफ्नो लक्ष्य कहिल्यै नभुल, अन्यथा जे पाउँछौँ त्यसैमा सन्तोष गर्न थाल्नेछौ ।
जर्ज बनार्ड सा

जबसम्म कुनै व्यक्ति एकाग्र भएर एकै बिन्दुमा एकोहोरिँदैन, तबसम्म उन्नतिको बाटामा अघि बढ्न सक्तैन र आफ्नो जीवनको उद्देश्य पाउँदैन ।
स्वेट मार्टेन

आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Check Also

Close
Close