आदर्श भनाईहरु

हरेक मानिसले मनन गर्नुपर्ने महान भनाईहरु

तिमी के खान्छौ भन । म तिमीलाई बताउँछु तिमी के हौ ?
अज्ञात

सधैं खाना खाँदा पेटमा अलिकति भोक लिएर उठ । अनि तिमीले कहिल्यै बिनाभोक खाना खान बस्नुपर्दैन ।
पेन

बाँच्नलाई खाऊ, खानलाई नबाँच ।
बेन्जामिन फ्रान्कलिन

संयम र उपवास रोगहरूलाई रोक्ने एउटा बलियो पर्खाल हो ।
हेरिक

तपाईले खाना खानुहोस्, खानाले तपाईलाई होइन ।
के.पि भु्साल

मानिस धेरै खाएर मर्छन्, खान नपाएर होइन ।
जोन केनिथ ग्याल्ब्रेथ

जो भोको छ ऊ राम्रोसँग सोच्न सक्दैन, न कसैलाई माया गर्न, न सुत्न नै ।
भर्जिनिया उल्फ

जति बुत्याउन सक्छौ त्यति मात्र लेऊ धेरै लिएर नफाल ।
साई बाबा

भोको कुकुरलाई सुत्न देऊ ।
बालपोल

भोकजस्तो वेदना, दुःख र सास्ती संसारमा अरु केही हुदैन ।
सँस्कृत उक्ति

भोको मानिससँग नबोल ।
जोन कर्लेक

भोको भन्छ वारी डाँडा खाऊँ, अघाएको भन्छ पारी डाँडा खाऊँ ।
नेपाली उखान

भोकाएको बाहुनले वेद पढ्दैन ।
नेपाली उखान

औषधी डाक्टरकोमा नै छाड यदि तिमी खानाबाट नै निको हुन्छौ भने ।
हिप्पोक्रेट्स

जब खाना गलत छ भने औषधीको कुनै काम छैन र जब खाना ठिक छ भने औषधीको आवश्यकता नै छैन ।
आयुर्वेद

भविष्यका डाक्टरहरूले बिरामीलाई कुनै औषधी दिने छैनन् तर आफ्ना बिरामीलाई खाना रोगबाट बच्ने उपाय सिकाउनेछन् ।
थोमस इडिसन

गल्ती

गल्ती गर्नु बढार्नु बराबर हो । यसले फोहोरलाई हटाउँछ र सफा पारिदिन्छ ।
महात्मा गान्धी

एउटै ढुङ्गामा दुईपटक ठक्कर खानु लाजको विषय हो ।
प्लुटार्क

गल्ती गर्नु मानिसको काम हो तर गल्ती नै अँगालिरहनु राक्षसको काम हो ।
सेन्ट अगस्टिन

गन्ती हरेक अवस्थामा गल्ती नै हुन्छ ।
लेनिन

सर्वोत्तम मानिसहरू त्रुटिहरूबाट नै बन्छन् ।
शेक्सपियर

आफुलाई मन परेको एक लाइन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Close