रोचक समाचार

यस्तो नमूना जोडी, जसले गर्यो विवाहको खर्च बालबालिकाको शिक्षामा लगानी

पछिल्लो समय विवाह केवल विवाह रहेन, विवाह मेला उत्सव र महोत्सवको रुपमा परिणत भैरहेको छ । अनि विवाहको बहानामा उपलव्धीहिन रुपमा रक्सी र पैसाको खोलो बग्ने गरेको छ ।

अझ विहेको बहानामा लाखौ खर्च गरी अलिसान भोज भतेर लगाउनु र मोजमस्तीमा लाखौँ खर्च गर्नु सामान्य संस्कार जस्तै बनेकोा छ ।
तर समाजमा यस्ता केही जोडीहरु पनि छन्, जो विवाहको रसरंग र लाखौ खर्च गर्ने संस्कार तोडी रचनात्मक सन्देश प्रवाह गरिरहेका छन् ।

यस्तो नमूना जोडी हो अर्घाखाँचीका केपी भुसाल र कैलालीकी तारा आचार्यको । जसले विवाहमा लाग्ने अनावश्यक खर्च कटौती गरी समाजसेवामा रकम खर्च गर्ने घोषणा गरेका छन् । अर्घाखाँचीका भुसाल पछिल्लो समयका चर्चित युवा मोटिभेटर हुन भने कैलालीकी आचार्य लियो क्लव अफ कैलाली लम्कीकी अध्यक्ष हुन् ।

गएको मंसिर १३ गते विवाह सम्वन्धमा बाँधीएको यो जोडीले रु एक लाखको अक्षेयकोष स्थापना गर्ने घोषणा गरेको छ । अनि यो रकमबाट आउने व्याजले हरेक वर्ष कमजोर तथा असाहाय बालबालिकाको लागि खर्च गर्ने यो जोडीको योजना छ ।

असहाय, अनाथ ,गरिब तथा जेहेन्दार बालबालिकाको शिक्षा का निम्ती अक्षयकोष स्थापना गरि हरेक वर्ष छात्रवृत्ति वितरण गरिने सफलताका सुत्रहरुसंग कुरा गर्दै केपी भुसालले बताए ।

विवाहको बहानामा लाखौं खर्च गर्नेहरुले यो जोडीबाट पनि केही सिक्ने की ?

Facebook Comments

Related Articles

Check Also

Close
Close