आदर्श भनाईहरु

परोपकार सम्वन्धी केही अमर सुक्तीहरु

परोपकार बराबर कुनै पुण्य छैन, परपीडन बराबर कुनै पाप छैन ।
वेदव्यास

परोपकारका लागि रुखले फल दिन्छ, नदि पनि परोपकारकै लागि बग्छ । गाईले पनि अरुकै लागि दूध दिन्छ । त्यसैले असल मानिसको शरीर परोपकारका लागि हो ।
संस्कृत उक्ति

परोपकारको प्रत्येक काम स्वर्गतर्फको एक पाइला हो ।
एज्.डब्ल्यू बियेरे

रुख शिरमा तातो घाम थापेर बटुवालाई शीतलता दिन्छ ।
कालिदास

उपकार गरेर बताउनु शत्रुता गर्नु बराबर हो ।
नीतिवचन

जो आफ्नो उपकार गर्न सक्तैन त्यसले अरुको के उपकार गर्ला ।
प्रेमचन्द

उपकारको भावना भएको व्यक्ति कहिल्यै दुःखी हुँदैन ।
महात्मा गान्धी

जसमा उपकारको भावना छैन त्यसलाई मानव भनाउने अधिकार छैन ।
महात्मा गान्धी

जो उपकार गर्न जान्दैन त्यो उपकार पाउने योग्य छैन ।
ल्याटिन उखान

माथि उठ्न जानेका रुखहरू फलले लटरम्म भएपछि झुक्छन् । मानिसले पनि उठ्न र परोपकारका लागि झुक्न जान्नुपर्छ ।
भर्तुहरि

आफ्नो शिरमा गर्मी सहेर पनि रुखहरूले आफ्नो छायाबाट मान्छेलाई गर्मी हुनबाट जोगाई उपकार गर्छन् ।
कालिदास

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेका वृक्षको हाँगो नझुकेको कहाँ छ र !
लेखनाथ पौडयाल

रुखका हाँगाहरू फल फलेपछि नुहिन्छन् । पानी बोकेका मेघहरू पनि केही झुक्छन् । धनसम्पत्तिले सम्पन्न भएका पुरुषहरू पनि उद्दण्ड बन्दैनन् । नम्र स्वभावका हुन्छन् । परोपकारीहरूको स्वभाव नै यस्तो हुन्छ ।
कालिदास

उपकारिता यस्तो भाषा हो जुन बहिराले पनि सुन्न सक्छ र अन्धाले पनि देख्न सक्छ ।
मार्क ट्वेन

आफुलाई मन परेको एक लाइन् कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Check Also

Close
Close