आदर्श भनाईहरु

महान प्रेरणादायी वाणीहरु शृंखला-३

१. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । – मार्सल

२. रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । – पाइथागोरस

३. मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । – नित्से

४. सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ । – अब्राहम लिंकन

५. सबै मानिस महान् हुनसक्छन् किनकि सबै व्यक्तिले सेवा गर्न सक्छन् । सेवा गर्नका लागि तपाईसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया र कर्ता र गणितका सूत्रहरू जान्नैपर्छ भन्ने छैन । आवश्यक पर्छ त सिर्फ दयाले भरिएको मनको आवश्यकता पर्छ, प्रेमले परिपूर्ण आत्माको जरूरत हुन्छ । – मार्टिन लुथर किंग, जुनियर

६. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ । – नेल्सन मण्डेला

७. हामीभित्र के छ भन्ने कुरासित तुलना गर्ने हो भने हाम्रा अगाडि र पछाडी भएका सारा कुरा तुच्छ हुन्छन् । – राल्फ वाल्डो इमर्सन

८. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल

९. आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन । – थियोडेर रूजवेल्ट

१०. लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ । – विलयम शेक्सपियर

११. हामीले हिमालयमाथी विजय पाएका होइनौ, आफूमाथी विजय पाएका हौ । – एडमण्ड हिलारी

१२. दुनियँमा सबभन्दा राम्रो काम के हो ? अरूलाई सफल पार्न सहयोग गर्नु । – एलन लाइ म्याक्सिस

१३. प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू नै पवित्र हुन्छन् । – साइबाबा

Facebook Comments

Related Articles

Close