आदर्श भनाईहरु

केही मननयोग्य भनाईहरु – भाग १

रुपियाको लोभ सबै खराब कुराको जड हो ।
बाइबल

सबै अनर्थको मूल लोभ हो ।
हितोपदेश

लाभबाट क्रोध उत्पन्न हुन्छ, लोभबाट कामको प्रवृत्ति र लोभबाट नै माया, मोह, अभिमान, उद्दण्डता र पराधीनता आदि दोष प्रकट हुन्छ ।
महाभारत

जुन मानिसमा लोभ छ उसमा अरु अवगुणको के आवश्यकता ।
भर्तृहरि

यदि लोभलाई हटाउनु छ भने पहिले तिमी त्यसको जननी विलासितालाई हटाऊ ।
सिसेरो

लोभी मानिसलाई सबै कुराको इच्छा हुन्छ ।
सोने

लोभीसँग जति छ, त्यति नै ऊ त्यस कुराका लागि तडेपिन्छ ।
साइरस

ए लोभ ! म तिमीलाई जान्दछु । तिमी विनाश गर्ने र व्यथा दिने चिज हौ ।
अथर्ववेद

जतिजति धन बढ्दै जान्छ, उतिउति लोभ पनि बढ्दै जान्छ ।
जुविनल

मानिलले लोभलाई त्यागेमा बादसाहभन्दा पनि उच्च दर्जा हासिल गर्न सक्दछ किनकि सन्तोषले नै मानिसलाई माथि उठाउन सक्छ ।
शेख सादी

व्यवहार

व्यवहारको ज्ञानविना पण्डित पनि मूर्ख बन्छन् ।
पञ्चतन्त्र

जो माटोबाट सुन निकाल्न सक्छन् तिनै व्यवहार कुशल हुन्छन् ।
डिज्रायली

व्यवहार त्यो ऐना हो जसमा हरेक आफ्नो प्रतिबिम्ब देख्न सक्छ ।
गेटे

व्यवहार पहिरन जस्तै चुस्त र फुर्तिलो हुनुपर्छ ।
फ्रान्सिस बेकन

असल व्यवहार सानासाना त्यागबाट बन्छन् ।
इमर्सन

जुन मानिसको व्यवहार मधुर हुन्छ, उसको कसैले विरोध गर्दैन । जो कसैसँग द्वेष गर्दैन उसलाई कसैको भय हुँदैन । यस्तो मानिसलाई नै सबै खाले सुख मिल्छ ।
अथर्ववेद

न कसैको शत्रु छ न कसैको मित्र नै । व्यवहारले नै शत्रु र मित्र बन्दछन् ।
हितोपदेश

Facebook Comments

Related Articles

Check Also

Close
Close