आदर्श भनाईहरु

केही मननयोग्य भनाईहरु – भाग २

आज तपाईसंग समय छैन छोराछोरीलाई होस्टेलमा राख्नुहुन्छ । भोली उसंग पनि समय हुनेछैन तपाईलाई उसले बृद्धाश्रममा राख्ने छ ।
के.पि. भुसाल

छोराछोरीमा आर्थिक मात्र होइन समयको पनि लगानी गरौं । समयको लगानी विना बालबालिकाले उचित संस्कार पाउन सक्दैनन ।
– हरि दाई

हामी सबै विशेष संस्कार लिएर जन्मेका हुन्छौँ । तिनै संस्कारअनुसार बुद्धिको प्रयोग गर्छौ । यी संस्कारलाई धुने शक्ति ईश्वरले सबैलाई दिएका छन् । जसले यस शक्तिको प्रयोग गर्छ उसले यसलाई मेटाउन सक्छ ।
महात्मा गान्धी

यदि जीवनमा संस्कारको पवित्र प्रवाह निरन्तर बहन्छ भने अन्त्यमा मरण पनि आनन्दको प्रक्रिया भन्ने थाहा हुन्छ ।
आचार्य विनोवा भावे

संस्कार धेरै बलियो हुन्छ । यसले विवेकालाई बिरलै दबाउँछ ।
हजारीप्रसाद द्विवेदी

संस्कृत

संस्कृत साहित्य त्यो उच्च पर्वतको टाकुरा हो जसमा चढेर मनुष्य समयकोे लामो स्रोतलाई टाढासम्म देख्न सक्छ ।
हजारीप्रसाद द्विवेदी

संस्कृतमा विविध भाषाको वैयक्तिक गुण मिलेका छन् । यसमा ग्रीक भाषाको शब्दबहुलता, रोम भाषाको गम्भीर स्वरशक्ति र हिबु्र भाषाको विशेष दिव्य उत्प्रेरणा मिलेको छ ।
स्लेगल

संस्कृतबाट निरन्तर प्रेरणा र शब्दभण्डार पाउनु सौभाग्य हो । तर यसलाई कुनै देशको राष्ट्रभाषा बन्न सक्छ भन्ने सोच्नु गलत सोचाइको नतिजा हो ।
हजारीप्रसाद द्विवेदी

संस्कृत भाषाहरूको भाषा हो । यो साँचो भनिएको हो कि जुन महत्व ज्योतिषका लागि गणितको भाषा छ, विज्ञानका लागि संस्कृत त्यही महत्व छ ।
म्याक्समुलर

युनानी भाषा संस्कृतबाट व्युत्पन्न भाषा हो ।
पोकाक

Facebook Comments

Related Articles

Close