आदर्श भनाईहरु

केही मननयोग्य भनाईहरु – भाग ३

लक्ष्मी पूजा गर्नाले मात्र पाइँदैन, जो सिंहको जस्तो उद्यम गर्छ उसैसँग लक्ष्मी प्रसन्न हुन्छिन् ।
अज्ञात

जीवनमा बुद्धिको हैन, लक्ष्मीको साम्राज्य हुन्छ ।
सिसेरो

लक्ष्मीले जसलाई माया गर्छिन् उसलाई मूर्ख बनाइदिन्छन् ।
बेकन

लक्ष्मी र सरस्वती सौता हुन् ।
संस्कृत उक्ति

जो फोहोरी छ, दाँत माझ्दैन, धेरै भोजन गर्छ, नमीठो बोल्छ, सूर्य उदय र अस्त हुने बेलासम्म सुत्छ लक्ष्मी उसलाई छाड्छिन् ।
चाणक्य

विवेक र लक्ष्मी एकसाथ वरदान कमै मानिसलाई मिल्छ ।
लिवि

जसरी युवती वृद्ध पुरुषलाई आलिङ्गनमा लिन चाहन्न त्यसरी नै लक्ष्मी पनि अल्छी, भाग्यमानी र साहसविहीन व्यक्तिलाई मन पराउँदिनन् ।
अज्ञात

प्राण दिएर पनि नपाइने चञ्चला लक्ष्मी नीतिज्ञ मानिसको पासमा आफैँ दौडेर आउँछे ।
हितोपदेश

जुन घरमा मूर्खलाई मानिँदैन, अन्न भण्डार छ, स्त्रीपुरुष झगडा गर्दैनन् त्यहाँ सधैँ लक्ष्मी रहन्छिन् ।
चाणक्य

लक्ष्य

लक्ष्यलाई नै आफ्नो जीवनको कार्य सम्झ । हरक्षण त्यसैको चिन्तन गर, त्यसैको सपना देख र त्यसैको सहारामा जिऊ ।
स्वामी विवेकान्द

जस्तो तिम्रो लक्ष्य हुन्छ त्यस्तै तिम्रो जीवन पनि ।
अज्ञात

लक्ष्यविहीन जीवन भौँतारिन्छ मात्र ।
अज्ञात

उठ, जाग र त्यतिबेलासम्म नरोकिऊ जबसम्म लक्ष्य मिल्दैन ।
स्वामी विवेकान्द

जीवनमा एउटा लक्ष्य बनाऊ, त्यसपछि शारीरिक र मानसिक शक्ति त्यसमा लगाऊ ।
कार्लाइल

जसको उद्देश्य उच्च छ, उसले विश्राम र लोकप्रियताबाट बच्नुपर्छ ।
इमर्सन

आफ्नो लक्ष्य कहिल्यै नभुल, अन्यथा जे पाउँछौँ त्यसैमा सन्तोष गर्न थाल्नेछौ ।
जर्ज बनार्ड सा

जबसम्म कुनै व्यक्ति एकाग्र भएर एकै बिन्दुमा एकोहोरिँदैन, तबसम्म उन्नतिको बाटामा अघि बढ्न सक्तैन र आफ्नो जीवनको उद्देश्य पाउँदैन ।
स्वेट मार्टेन

Facebook Comments

Related Articles

Close