आदर्श भनाईहरु

केही मननयोग्य भनाईहरु – भाग ४

मनुष्यका लागि सफलताको रहस्य भनेको हरेक आउन लागेको अवसरका लागि तयार रहनु हो ।
डिज्रायली

सफलताको पहिलो सिद्धान्त हो अनवरत काम ।
रामतीर्थ

सफलताको कुनै रहस्य छैन । यसले केवल अति परिश्रम चाहन्छ ।
हेनरी फोर्ड

पवित्रता, धैर्य र निरन्तर काम यी तीन गुणबाट नै सफलता मिल्छ ।
स्वामी विवेकानन्द

सफलता चाहन्छौ भने आफ्नो शक्ति चिन, जीवनमा अनेक विध्नबाधा आउँछन्, तिनीसँग जुध र आत्मविश्वासी बन ।
अथर्ववेद

जससँग आशा र आत्मविश्वास छ त्यहि व्यक्ति जीवनका हरेक कठिनाइसँग जुध्दै सफलता पाउँछ । जीवनको उच्च शिखर पुग्छ ।
स्वेट मार्टेन

सफलताको रहस्य पहिलो रहस्य हो–आत्मविश्वास ।
इमर्सन

यदि तिमी एकै समयमा धेरै काम गर्न चाहन्छौ भने कुनै पनि काममा पूर्ण सफलता पाउँदैनौ ।
जोन्स नोरमेन्ट

सफलता यस्तो सिँढी हो जुन सिँढी खल्तीमा हात राखेर तिमी चढ्न सक्तैनौ ।
अङ्गे्रजी उखान

त्यस मानिसलाई कुनै पनि कुरा असम्भव छैन जो दृढ सङ्कल्प लिन्छ र त्यसअनुसार आचरण गर्न सक्छ । यही सफलताको नियम हो ।
मोराबी

उद्देश्यमा निष्ठा नै सफलताको रहस्य हो ।
डिज्रायली

यदि तिमी जीवनमा सफलता चाहन्छौ भने धैर्यलाई आफ्नो घनिष्ठ साथी बनाऊ, अनुभवलाई बद्धिमान् सल्लाहकार र सावधानीलाई दाजु र आशालाई संरक्षक बनाऊ ।
एडिसन

तिमी जुन शक्ति र सफलता पाउन चाहन्छौ त्यसको सामथ्र्य तिमीभित्रै छ । त्यसैले आफ्नो भविष्य आफैँ बनाऊ ।
रामतीर्थ

सफलताको गुढ रहस्य यही हो कि तिमी आफूलाई राम्ररी चिन र निरन्तर अध्ययन गर ।
डिज्रायली

यशले उदार मनलाई पनि लोभ्याउँछ ।
सेन्ट अगस्टाइन

सक्षम व्यक्तिका पछाडि जहिले पनि एउटा सक्षम व्यक्ति हुन्छ ।
चिनियाँ उखान

जो अल्छी छ, कायर छ, अभिमानी छ, लोकचर्चाबाट डराउँछ र सधैँ मौका कुरेर बस्छ यस्तो मानिस आफ्नो लक्ष्य प्राप्त गर्न सक्तैन ।
वेदव्यास

मन परेको एक लार्यन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Check Also

Close
Close