आदर्श भनाईहरु

केही मननयोग्य भनाईहरु भाग ५

धनबाट धनको भोक बढ्छ, तृप्ति हैन ।
प्रेमचन्द

पैसा तिम्रो सेवक हुन्छ यदि तिमीले त्यसलाई सदुपयोग गर्न जान्यौ भने । अन्यथा पैसा तिम्रो मालिक हुनेछ ।
होेरेस

धनको तीनवटा गति हुन्छ–दान, भोग र नाश । जसले दान दिँदैन, भोग पनि गर्दैन त्यो धनको तेस्रो बाटोमा लाग्छ ।
हितोपदेश

अचानक प्राप्त धन टिक्दैन तर परिश्रमद्धारा आर्जित धन झनै बढ्दै जान्छ ।
बाइबल

अरुको धन चोर्नु, परस्त्रीसँग प्रेम गर्नु, मित्रलाई त्याग्नु यी तीनै हानिकारक छन् ।
विदुर

धनको पखेटा हुन्छ ।
नेपाली उखान

अनेक मान्छेलाई धनले बर्बाद पारिदिएको छ र अनेक मान्छे यसको अभावमा बर्बाद भएका छन् ।
जिमरम्यान

धनबाट सद्गुण आउँदैन, सद्गुणबाट धनसम्पत्ति सजिलै आउँछ ।
कन्फ्युसियस

धन मल जस्तै हो । जबसम्म त्यसलाई पैmलाइँदैन तबसम्म त्यो उपयोगी हुँदैन ।
बेकन

धन सङ्ग्रामको प्रधान अङ्ग हो ।
फुलर

जादुजस्तै पैसा हराउँछ ।
अरबी उखान

धनको विशेष ध्यान गर्नु, यसलाई देखेर प्रसन्न हुनु खराब हो । यसो गर्नाले लोभ बढ्छ ।

समाजमा जति हानि धनीद्वारा हुन्छ, त्यति अरु कसैद्धारा हुँदैन ।
वीपी कोइराला

भाग्य तथा धन कहिलेकाहीँ मनुष्यको काखमा आफ से आफ बस्न आउँछन् ।
फ्रान्सिस बेकन

त्यो मानिस धन्य हो जसले धनलाई दास बनाएको छ, त्यो अभागी हो जसलाई धनले दाष बनाएको छ ।
हेन्सबरी

जिवनमा बुद्धिको होइन, धनको साम्राज्य रहेको हुन्छ ।
सिसेरो

धनलाई शासकको योग्यता बनाइयो भने राजनीतिक पदहरूको बाँडफाँड धनको आधारमा हुन्छ, यसको प्रतिफल गरिब जनता शासनमा भाग लिनका लागि वञ्चित हुन्छन् ।
प्लेटो

वास्तवमा त्यहि मानिस धनी हो जो आफ्नो जीवनकार्यमा पूर्णता प्राप्त गरेर अरुलाई सर्वदा सहायता गर्छ ।
रस्किन

मन परेको एक लार्यन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Check Also

Close
Close