आदर्श भनाईहरु

प्रेरक अनि ज्ञानवद्र्धक भनाईहरु – भाग १

कञ्जुस्याइँले मानिसको मन र सङ्कल्पलाई मलिन गरिदिन्छ ।
अथर्ववेद

जसरी दानशीलताले मानिसको दुर्गुणलाई लुकाउँछ, त्यसैगरी कञ्जुस्याइँले सद्गुणलाई ढाकिदिन्छ ।
प्रेमचन्द

बिहानको सपना र कञ्जुस धनीसँग म खिन्न हुन्छु किनकी यी दुवै चाँडै नष्ट हुन्छन् ।
ऋग्वेद

कञ्जुसको चाँदी त्यतिबेला चम्कन्छ जब ऊ जमिनमुनि हराउँछ ।
शेख सादी

धनी भएर मर्न पूरा जीवन गरिबीमा बिताउनु साँच्चीकै पागलपन हो ।
रिचर्ड युजिन बर्टन

कञ्जुस मानिस आफूलाई गरिब देखाइदेखाइ धनी हुन्छ भने खर्चालु मानिस आफूलाई धनी देखाइ देखाइ गरिब बन्छ ।
विलियम सेन्सटन

काम गर्छन् विचारेर बुद्धिमानीहरू तर ।
अलमस्तहरू गर्छन् विचारै जिन्दगीभर ।।
बालकृष्ण सम

जीवनका अन्त्य ज्ञान हैन काम हो ।
थोमस हक्स्ले

म सधैं मान्छेका कामहरू हेर्छु जुन उनीहरूको विचारको सर्वोत्कृष्ट व्याख्या हो ।
जोन लक

हरेक मानिसले अनुभव गर्ने कुरा यो हो कि सम्पूर्ण सुन्दर संवेदनाहरूभन्दा प्रेमको एउटा सानो काम नै गह्रुँगो हुन्छ ।
जेम्स रसेल वोवेल

मेरो बायाँ हातमा कर्म छ र बायाँ हातमा जय छ ।
अथर्ववेद

काम गर्नलाई आँट, उत्साह र लगन चाहिन्छ ।
निर्मोही व्यास

निम्न कोटीका मानिसहरू विध्न आइपर्ला भनेर कार्यको प्रारम्भ नै गर्दैनन् । मध्यम कोटीका मानिसहरू विध्न परेपछि बीचमा रोकिन्छन् । उत्तम कोटीका मानिसहरू बारम्बार विध्न, दुःख आइपरेपनि आफ्नो कामबाट कहिल्यै पछि हट्दैनन् ।
भर्तृहरी

आफुलाई मन परेका एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Back to top button
Close