आदर्श भनाईहरु

आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु – भाग १

कविता भावनाको संगीत हो, जसलाई भाषाको संगीतले हाम्रो हृदयसम्म पु¥याइदिन्छ ।
चेस्टर फिल्ड

जब शक्तिमादले मानवीय भावनालाई साँघुरो पार्छ, कविताले मानिसको गौरव र विविधताले अस्तित्व उजिल्याउँछ । जब शक्तिले समाजलाई फोहोर पार्छ, कविताले त्यसलाई सफा गर्दछ ।
जोन. एफ. केनेडी

कविता सर्वोत्तम हृदयद्वारा जीवनका सर्वोत्तम खुसी र सुन्दर रुपको अङ्कन हो ।
पी. बी. शेली

स्त्रीमा पुरुषलाई आफ्नो गोजीमा राख्ने क्षमता हुन्छ ।
–प्लेटो
शब्दहरू चम्कन्छन् जब कविले आफ्नो बिजुलीदार हातले यिनलाई छोइदिन्छ ।
जाउबर्ट

कविहरू धेरै झूटा कुराहरू लेख्छन् ।
सोलो फ्रागमन

तिमी कविता कहीँ पाउँदैनौ यदि तिमी आफैसँग कविता छैन भने ।
जाउबर्ट

कवि अदृष्यताको पूजारी हो ।
वालेक स्टिभेन्सन

कविले पूर्खा र भावी पिढी दुवैथरीसँग मेल राख्नुपर्छ ।
जे. आर. लोवेल

काव्यको वस्त्र पहिरिँदा सत्य चम्किन्छ ।
पोप

ठूलो कवि हुन श्रोता पनि ठूलै हुनुपर्छ ।
वाल्ट ह्विटम्यान

त्यो अभागी हो जो जीवनमा एकपटक पनि कवि बनेको छैन ।
लमरटाइन

शान्त अवस्थाका शक्तिशाली अनुभूतिहरूको निरन्तर पोखाइ कविता हो ।
वर्डस्वर्थ

कविता दुःखकी बहिनी हुन् । प्रत्येक मानिस जो दुखित छ, जो रुन्छ त्यो कवि हो । उसको प्रत्येक आँसुका दाना कविता हो, प्रत्येक हृदय काव्य ।
यान्ड्रयू

आधुनिक कविहरू आफ्नो मसीमा पानी बढी मिसाउँछन् ।
गेटे

आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Close