आदर्श भनाईहरु

विवाह पछी प्रायः प्रेम सफल हुँदैन किन ?

किनकी प्रेम र जीवन साथ साथै चल्न सक्दैन । प्रेम त्यतीबेलासम्म समथर रूपबाट चल्छ जबसम्म टकराव आउदैन । प्रेम अक्षुष्ण रहिरहनुपर्छ, तब प्रेमको मजा आइरहन्छ । त्यो प्रायः विवाह अगाडी हुन्छ । विवाह पछाडी जब त्यसमा घर व्यावहार, एक-अर्काप्रतिको दृष्टिकोण, जस लिने प्रवृत्ती, असमझदारीता आदि थपिदै जान्छ तब विवाह नै बन्धन लाग्न थाल्छ । त्यस अवस्थामा प्रेम टिक्ने भनेको हनिमुन सम्म मात्र हो, त्यसपछी हनी पनि सकिन्छ, मुन पनि हराउदै जान्छ र जे बाँकी रहन्छ त्यसलाई काडा भनिन्छ जसले जीवनभर घोचिरहन्छ । अनि मौका पर्दा एउटाले अर्कोलाई घोच्न सुरू गरिन्छ, नुन सकियो भन्दा एउटाले पेल्छ, अनि ल न यती टोपी धोइदे भन्दा ओर्कोले पेल्छीन । अनि सम्झौतामै जीन्दगी चल्छ, जिन्दगी भनेकै सम्झौता हो तर जब प्रेममा सम्झौता हुन्छ त्यो प्रेम रहदैन । यसैले प्रेम र जीवन साथै रहनै सक्दैनन् ।

Source : The way of success

Facebook Comments

Related Articles

Check Also

Close
Close