आदर्श भनाईहरु

गौतम बुद्धका अमर बाणीहरु भाग १

१, भोक सवभन्दा ठूलो रोग हो, संस्कार सवैभन्दा ठूलो दुख हो । जसले यो यथार्थतालाई बुझ्न सक्छ, उसका लाािग निर्वाण सर्वभन्दा ठूलो कुरा हो ।

२, ब्यक्तिले कुनै बस्तुप्रति पनि आशक्ती राख्नुहुदैन । बस्तुको क्षतीबाट दुख उत्पन्न हुन्छ । जसलाई न केहीसंग प्रेम छ न घृणा नै छ, ती बन्धनमुक्त छन् ।

३, फलामबाट उत्पन्न भएको खियाले जसरी फलामलाई खान्छ, त्यसैगरी पापीका कर्मले नै उसलाई दुर्गतीसम्म पुर्याउछन् ।

४, कसैलाई पीडा नदेउ । कसैसंग द्वेष नगर । के संसारमा कुनै व्यक्ति पूर्ण निर्दोश छ, जसलाई कुनै दोश लगाउन नसकियोस् ? के शिक्षित घोडाले कोर्राको अपेक्षा गर्दैन ?

५, जो व्यक्ति कागझै निर्लज्ज छ, मुर्ख छ, दुस्साहसी छ, उसको जीवन सुंगुरको जीवन हो ।

६, जसले निर्दोश र हानी नपुर्याउने प्राणीलाई दुख दिन्छ उसले स्वयं कष्ट भोग्दछ ।

७, जसरी सुवर्णकारले विस्तारै विस्तारै अलिअली गरेर चादीको मयल सफा गर्छ, त्यसैगरी बुद्धिमान मानिसले आफ्नो चित्तको मयल हटाउनु पर्दछ ।

८, यदी संसारले कसैलाई केही दिन्छ भने या त श्रद्धाले दिन्छ वा खुसीले । यदी कसैलेश अरुले पाएको परिकार देखेर डाह गर्दछ भने उसलाई नत दिनमा शान्ती मिल्छ न त रातमा निन्द्रा ।

९, सवै प्रकारका पापबाट बँच । असल काम गर । आफ्नो विचारलाई शुद्ध राख ।

माथीका मध्ये आफुलाई मन परेको एक लाइन कमेन्ट बक्समा राख्नुहोला है ।

Facebook Comments

Related Articles

Close