रोचक समाचार

जनार्दन शर्माको प्रष्टिकरण : लोकसेवाको विकल्प खोजेको होइन

संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको जेठ १५ को विज्ञापन रद्द गर्न निर्देशन दिएको विषयमा सामाजिक संजाल तात्एिका बेला नेकपाका नेता जनार्दन शर्माले लोकसेवा आयोगको विकल्प नखोजिएको प्रष्ट पारेका छन् ।

लोकसेवाको विज्ञापन रोक्ने विषयमा मुख्य भूमिका जनार्दन शर्माको हात रहेको आरोप लागिरहोका बेला सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै नेता शर्माले लोकसेवाको गरिमा बचाउन खोजिएको प्रष्टिकरण दिएका हुन् ।

हेर्नुहोस् शर्माको स्टाटस् जस्ताको तस्तै :

हजारौ जनताको बलिदानी र त्यागबाट निर्माण भएको संविधान र संघीयताको मूल मर्मलाई सबैले अात्मसात गर्नैपर्छ।यी बिषयद्वारा निर्देशित रहेर नै राज्यका सबै अंगहरू चल्नुपर्छ । समावेशीकरणका सवालमा बिकल्प प्रस्तुत गर्न सरकारको जिम्मेवार निकाय चुकेकै हो।लोकसेवा नेपालको एकमात्र निस्पक्ष र सक्षम संस्था हो। लोकसेवाको भर्ना प्रकृया नै रोकी त्यसको विकल्प खोज्ने कुरै होइन। तर सम्वन्धित प्रदेश,स्थानीय तहका बेरोजगार युवाहरूलाई लोकसेवाको परिक्षामा प्रादेशिकता र समावेशीताको अाधारमा अवसर दिदा अहिलेजस्तो कर्मचारीहरूले केन्द्रमा नै सरूवा माग्न पर्दैन र रिक्त हुने सम्भावना रहदैन भन्ने अाशय मेरो हो। योग्यता प्रणालीलाई सबैले सम्मान गर्नुपर्छ र हजारौं युवाहरूको भविष्यमा खेलवाड गर्ने छुट कसैलाई छैन् । समाधानका बिकल्पहरू धेरै छन् ।

Facebook Comments

Related Articles

Back to top button
Close