आदर्श भनाइ हरु

महापुरुषका केही मननयोग्य भनाईहरु

यदि कुनै युवतीको दोष जान्नु छ भने उसको प्रशंसा उसको साथीको सामुन्नेमा गर ।
बेन्जामिन फ्रयाङ्कलिन

आफ्नो दोष खोजेर निकाल्नु नै ज्ञानवीरको काम हो ।
स्वामी विवेकानन्द

आफ्नो जतिसुकै गल्ती भए पनि मानिस उनान्सय प्रतिशत अवस्थामा आफूलाई दोषी देख्दैन ।
डेल कारनेगी

अरुको दोषमा ध्यान दिदाँ हामी आफूलाई भलाद्मी देख्छौँ । तर जब हामी आफ्नो दोषमा ध्यान दिन थाल्छौँ आफूलाई कुटिल देख्छौँ ।
महात्मा गान्धी

अरुको सम्पत्तिको अपहरण, परस्त्रीसँगको संसर्ग र मित्रहरूप्रतिको शङ्का यी तीन दोष विनाशकारी छन् ।
वाल्मीकि

अपराधभन्दा पनि यो खराब छ त्यो हो त्रुटि ।
एन्थोनी वुलाडिल

यो मानिसको स्वाभाविक प्रवृति हो कि ऊ उदाहरणबाट भन्दा गल्तीबाट बढी सिक्छ ।
फ्रेड होले

केही नगरी बिताएको जीवनको दाजोँमा त्रुटिपूर्ण कार्यले बिताएको जीवन आदरणीमात्र होइन उपयोगी पनि हुन्छ ।
जर्ज बनार्ड सा

गल्ती सत्यको छिमेकी हो, यसलाई नजिक राख ।
रवीन्द्रनाथ टैगोर

जन्मान्धले देख्दैन । त्यस्तै कामान्धले पनि केही देख्दैन । यसै गरी मात्तिएको मान्छेले कोही सोच्दैन भने स्वार्थी मानिस स्वार्थका कारण आफनो दोष देख्दैन ।
चाणक्य

आफनो दोषको निरीक्षण नगरी अरुमाथि दोष लगाउनु व्यर्थ छ ।
बाइबल
कसैप्रति सचेत नहुनु सबभन्दा ठूलो दोष हो ।
कार्लाइल

त्यही मानिस सही काम गर्न सक्छ जो प्रत्येक पाइलामा त्रुटिहरूसँग डराउँछ ।
अज्ञात

उसका गुणहरूप्रति खुब दयालु भइदेउ,उसका दोषहरूप्रति अलिकति आखाँ चिम्लिदेउ ।
प्रायर

अन्धो त्यो हैन जो देख्दैन । वास्तविक अन्धो त्यही हो जो देखेर पनि आफनो दोष लुकाउँछ ।
महात्मा गान्धी

माथीका मध्ये मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *