जिबन शैली

अनौठो नमान्नुहोस ताली बजाउदा निको हुन्छ यी रोग

तालीले फाइदा गराउने केही सूची हेर्नुहोस्

१. रोग प्रतिरोधी क्षमतामा वृद्धि तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र कुनै पनि रोगसँग लड्न सक्ने बनाउछ ।

२. ढाड, घाँटी, जोर्नी दुख्नेहरुका लागि ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । यसका लागि औंलाले औंलामा जोड दिनुपर्छ । उपयुक्त विधिले चाँडो परिणाम दिन्छ ।

३. गोलीगाँठाको समस्यामा  वृद्ध अवस्थाका व्यक्तिका लागि गोलीगाँठाको दुखाई बढी हुन्छ । यस्तो समस्यालाई तालीले दूर गरिदिन्छ । यसका लागि पनि दैनिक १५ मिनेटको अभ्यास आवश्यक पर्ने विज्ञहरूको सल्लाह छ ।

४. न्युन रक्तचापमा यदि न्युन रक्तचापको समस्या छ भने सिधा भएर उभिनुहोस् र हात हावामा माथि उठाएर ताली बजाउनुहोस् । बिस्तारै समस्याबाट छुट्कारा मिल्छ ।

५. मुटु र फोक्सोका लागि  यदि कुनै व्यक्ति मुटु र फोक्सोसंबन्धी समस्याबाट पीडित छ भने ताली सही उपचार हुन सक्छ । तालीले मुख्य र सहायक धमनीहरुमा भएका अवरोध हटाई फिट र स्वस्थ पार्छ ।

६.बच्चाका लागि उपयुक्त अभ्यास वैज्ञानिकहरुले ताली साना बच्चाका लागि प्रभावकारी अभ्यास हो भन्ने प्रमाणित गरिसकेका छन् । यसले बच्चाहरुको हस्तलेखन क्षमता र ज्ञानमा वृद्धि गर्छ । यसले बच्चाहरुलाई मिहिनेती पनि बनाउछ र बच्चाको दिमागको विकास गर्छ ।

७. पाचन समस्यामा  ताली बजाउँदा पाचन समस्या निको हुन्छ । तर यो विधिसम्मत तरिकाले बजाउनुपर्छ । ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । यो अभ्यास बिहान उठ्ने बित्तिकै कम्तीमा १५ मिनेट गर्नुहोस् । जति बढी समय यो अभ्यास गर्नुहुन्छ, उति चाँडो तपाईंले परिणाम पाउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *