जिबन शैली

यस्ता ६ फलफुलमा पाइन्छ अत्याधिक मात्रामा प्रोटिन, जान्नुहाेस्

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त हेरौंः

ओखर : ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

देशी बदाम : यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

अन्जीर : अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।

पेस्ता : पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम : १०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

किसमिस : दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

काजु : काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

थप जानकारीः

किन खाने ओखर?यस्ता गुण छन ओखरमा

भनिन्छ, ओखरको फाइदा यसलाई खाएको चार घण्टा पछिदेखि नै पाउन थालिन्छ । ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले तपाईंको रक्तनलीलाई झन् बढी लचिलो बनाउन सघाउँछ । अनि शरीरमा रक्तसञ्चार सहज हुन गई मुटुमा बढी दबाब पर्दैन ।

ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ ।

यो पनि पढ्नुहोस्

एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम ९१० प्रतिशत डीबी हुन्छ ।अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खानाले डिप्रेशनको खतरा कम भएर जान्छ र एकोहोरो हुने समस्या पनि कम हुन्छ।

क्यालिफोर्निया यूनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरुमा डिप्रेशनको असर २६ प्रतिशत कम भएर जाने पाइएको उल्लेख गरेका छन्।यो अध्ययनका बारेमा न्यूट्रेन्ट जर्नलमा प्रकाशित भएको छ । अध्ययन अनुसार ओखर खानाले शरीरमा उर्जा बढाउँछ र एक्लोपनबाट मुक्त गराउँछ ।

यूनिभर्सिटीका प्रमुख सोधकर्ता लेनोर अरबले अध्ययनका बारेमा जानकारी दिँदै भनेका छन्, ‘अध्ययनमा सहभागी गराइएका ६ जना मध्ये एकजनालाई जीवनको कुनै एक समयमा डिप्रेशनको शिकार हुन्छ ।यसबाट बच्नका लागि उत्तम उपायको अवलम्बन गर्नु जरुरी हुन्छ, जस्तो खानपानमा सुधार त्यो मध्येको एक हो नियमित ओखरको सेवन।’

‘ओखरलाई पहिले मुटु रोगका बारेमा अनुसन्धान गरेका थियौँ तर पछि यसलाई डिप्रेशनका लक्षण कम गर्ने सम्बन्धमा पनि हामीले पायौँ,’ उनले अगाडि भनेका छन् । उनका अनुसार यो अध्ययनमा २६ हजार भन्दा धेरै अमेरिकी युवाहरुलाई सहभागी गराइएको थियो ।

ओखरको सेवनले क्यान्सरसहित अन्य मुटु सम्बन्धी रोगहरुको खतरा कम गर्न पनि मद्दत गर्छ । यसको सेवनले कोलेस्ट्रल कम हुन्छ ।पुरुषहरुको शुक्राणु संख्या संसारभरको एक ठूलो समस्याका रुपमा लिइन्छ ।

वैज्ञानिकहरुका अनुसार शुक्राणु बढाउने उत्तम उपाय ओखरको सेवन पनि हो ।अध्ययन अनुसार हरेक दिन ७५ ग्राम ओखरको सेवनले पुरुषमा शुक्राणु, जीवन शक्ति र गतिशीलतामा सुधार भएको छ ।

यसरी खाँदा झनै राम्रो

–ओखरलाई स–साना टुक्रा बनाई काँचो माछा र मासुमा मिसाउने र सँगै पकाइ खाने ।

–ओखरलाई पिसेर धुलो बनाइ सलाद, अचार आदिमा मिसाएर खाने ।

–दहीमा ओखरका टुक्रा छरेर खाने ।

गर्मीमा देशी बदाम खाँदा हुने १० फाइदा…

देशी बदाम (आलमोन्ड) चिसो मौसममा खानुपर्ने केही मानिसको धारणा छ । तर यो बिल्कुल सत्य होइन । बदाम चिसो र ठन्डी दुवै मौसममा खानु उपयुक्त हुन्छ । विज्ञहरुले गर्मीमा बारम्बार बदाम खान जोड दिन्छन् । यसले शरीरलाई आवश्यक पर्ने पोषणतत्व पूर्ति गरिदिने भएकाले पनि यो गर्मी मौसममा खानुपर्ने उनीहरुको सुझाव छ ।

देशी बदाममा पाइने प्रोटिन, भिटामिन इ, भिटामिन बी २, क्याल्सियम, म्याग्नेसियम, ओमेगा ३, फ्याटी एसिडले स्वस्थ राख्न सहयोग गर्छ । स्पेनको युनिर्भसिटी अफ रोबिराईविरगीलीको अध्ययन अनुसार नियमित भोजनमा बदाम प्रयोग गर्दा कमजोरी, पाचन र उच्च रक्तचापको समस्या समाधान हुन्छ ।

रातमा पाँचवटा बदाम पानीमा भिजाएर राखी भोलिपल्ट बिहान खाली पेटमा बाहिरको बोक्रा फाली खाँदा शरीरलाई फाइदा हुन्छ । तर किडनीको बिरामीले कहिल्यै पनि बदाम खानुहँुदैन ।

१. यसमा पाइने म्याग्नेसियमले हृदयाघातको सम्भावना घटाउँछ

२. देशी बदाम खाँदा ब्लडसुगर नियन्त्रण हुन्छ ।

३. देशी बदाममा पर्याप्त मात्रामा पोटासियम हुने भएकाले यसले प्रेसर नियन्त्रण गर्न सहयोग गर्छ ।

४. यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै संक्रमणबाट रोक्छ ।

५. यसमा प्रोटिन प्रशस्त पाइने भएकाले कपाल चम्किलो र मुलायम बनाउँछ ।

६. यसमा भिटामिन इ र एन्टिअक्सिडियन्टको मात्रा बढी हुने भएकाले छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।

७. यसमा भिटामिन बी १७ प्रर्याप्त मात्रामा पाइन्छ जसले क्यान्सरको खतरा न्यून गर्छ

८. बदाम भिटामिन इ को स्रोत भएकाले आँखाको ज्योति बढाउँछ ।

९. देशी बदाममा ओमेगा ३ फ्याटी एसिड पाइन्छ, जसले स्मरणशक्ति बढाउँछ ।

१०. देशी बदाममा फाइबर अधिकमात्रामा हुने भएकाले पाचनपक्रियालाई सहज बनाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *