स्वास्थ्य समाचार

एउटा यस्ताे अस्पताल : जहाँ बिरामी भेट्न जाँदा फलफुल हाेईन कार्ड बाेक्नुपर्छ

सफलताका सुत्रहरु/साउन २१, २०७६

सामान्यतया बिरामीलाई भेट्नकाे लागि फलफुल जुसहरु उपहार बाेकेर जाने हाम्राे संस्कार नै बनिसकेकाे छ ।

vहामीले बाेकेकाे फलफुल वा जुस बिरामीले प्रयाेग गर्छन कि गर्दैनन, मन पराउछन कि पराउन्नन वास्तै नगरी फलफुल बाेकेर जाने संस्कार ताेड्न रुपन्देहीमा रहेकाे गुराँस हस्पिटलले नयाँ प्रयाेग गरेकाे छ ।

हुन त यस्ताे प्रयाेग अन्यत्र पनि नदेखिएकाे हाेईन तर गुरासले याे बिधिलाई कडाइका साथ अगाडि बढाएकाे छ । जस अन्तरगत अस्पतालमा रहेका बिरामीहरुलाई भेट्न जाने शुभचिन्तकहरुले फलफुल हाेईन सिघ्र स्वास्थ्य लाभ कामना कार्ड बाेकेर जानुपर्नेछ ।

अस्पतालका अध्यक्ष नारायण भुसालका अनुसार बिरामीहरुकाे स्वास्थ्य उपचारमा टेवा पुगाेस भन्नका लागि याे सेवा प्रारम्भ गरिएकाे हाे ।

” फलफुल, जुसहरु जंकफुडहरु बाेक्नुकाे साटाे काउन्टरबाट सिघ्र स्वास्थ्य लाभ कामना कार्ड प्रयाेग गर्न हामीले प्रेरीत गरेका छाैँ ” भुुसालले भने ” कार्डकाे प्रयाेगले बिरामीकाे स्वास्थ्य उपचारमा समेत अार्थिक व्ययभार कम गर्न सहयाेग पुग्छ ।

अस्पतालले रु १००, २००, ५०० र १००० का कार्ड प्रयाेगमा ल्याएकाे छ । काउन्टरमा कार्ड किन्न सकिने र साेही अनुसारकाे रकम बिरामीकाे खातामा कट्टी हुने अस्पतालले जनाएकाे छ ।

प्राकृतीक पद्दतीबाट उपचार गर्ने गुराँस पश्चिम क्षेत्रकै उत्कृष्ट अस्पताल हाे । याे महेन्द्र राजमार्ग अन्तरगत रुपन्देही जिल्लाकाे ढवाहमा अवस्थित रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *